Monday, May 7, 2012

सुदूरपश्चिम बन्द, ११ औं दिन, बन्दले पार्यो सास्ती


अखण्ड सुदूरपश्चिमको माग गदै आव्हान गरिएको सुदूरपश्चिम बन्द ११ दिन पुग्दा पनि जारी रहेको छ । निरन्तर बन्दका कारण उद्योग व्यवसाय, कलकारखाना, यातयात, शैक्षिक संस्था, सरकारी कार्यालय सबै ठप्प हुँदा जनजीवन निकै कष्टकर बनेको छ । आन्दोलनकारीहरुले दिनहुँ प्रदर्शन जारी राखेका छन् । बैंकहरु र एटिएम सेवासमेत बन्द रहेका कारण सर्बसाधारण वेखर्ची बनेका छन् । उपचारका लागि आकस्मिक खर्चकोसमेत अभाव देखिन थालेको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले वार्ताको माध्यमबाट समस्याको सामाधान खोज्न अखण्ड सुदूरपश्चिमको माग राखेर आन्दोलन गरिरहेकाहरुलाई आग्रह गर्नुभएकोछ । । आज विहान प्रमुख तीन दलको बैठक स्थल सिंहदरबारमाबाटै प्रधानमन्त्री भट्टराईले वार्ताको लागि औपचारीक आव्हान गर्नुभएको हो । तीन दलको बैठकमा सुदूरपश्चिमको मागका विषयमा गम्भीर ढंगले छलफल भन्दै प्रधानमन्त्रीले आन्दोलनबाट नभई बर्ताबाट निकास खोज्न आग्रह गर्नुभएको छ । यसअघि दुई दिन अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइरला र एमाले अध्यक्ष झलनाथ खनालले संयुक्त विज्ञप्ती मार्फत बन्द फिर्ता लिएर वार्तामा आउन आग्रह गर्नुभएको थियो । नेताहरुको आग्रह विपरीत सुदूरपश्चिममा बन्द यथावत छ । ११ दिन देखि जारी बन्दले त्यसक्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
माओवादीले प्रस्ताव गरेको संघीय संरचनामा सुदूरपश्चिमबाट कंचनपुर र कैलालीलाई छुट्याईकोमा अखण्ड सुदूरपश्चिमको माग गर्दै त्यस क्षेत्रमा आन्दोलन सुरु भएको हो ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video

0 comments:

Post a Comment