skip to main |
skip to sidebar
बाढीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो
5:40 AM
Unknown
अन्नपूर्ण हिमश्रृङ्खलामा गएको भीषण हिम पहिरोको कारण सेती नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । कास्कीको तातोपानीस्थित मुहानमा सोमबार थप तीन जनाको शव भेटिएपछि मृतकको संख्या २० पुगेको हो । पछिल्लोपटक घाहाचोकमा एक जनाको शव फेला परेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन भने मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु भएको २० जनामध्ये १२ जनाको मात्र सनाखत भएको छ । बाढीमा परी अझै ४० जना भन्दा बढी बेपत्ता भएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माछापुच्छ्रे हिमालको आधार शिविरभन्दा तल झण्डै ११ हजार फिट उचाईबाट खसेको हिमपहिरोले सेती गण्डकीको मुहान थुनिएको थियो । थुनिएको मुहान अकस्मात फुटेर बाढी आउँदा ठूलो धनजनको क्षति भएको हो । बाढीमा परी वेपत्ता भएकाहरुको खोजी कार्य अझै जारी छ भने क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
0 comments:
Post a Comment