Sunday, May 6, 2012

हिमपहिरोले १४ जनाको ज्यान लियो, ६० भन्दा बढी बेपत्ता, अर्बौको क्षति

कास्कीको माछापुच्छ्रे हिमालको फेदमा रहेको हिमताल फुटेर आएको बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । प्रहरीले दिएको जानकारीअनुसार ६० भन्दा बढी बेपत्ता भएका छन् । बाढीमा परेका तीनजनालाई उद्धार कार्यमा खटिएका प्रहरीले जिवितै उद्धार गरेका छन् ।
थप क्षतिको विवरण भने यकिन हुन सकेको छैन । बाढी प्रभावित क्षेत्रमा  नेपाली सेना, नेपाल प्रहरी, रेडक्रसकर्मीहरू र सशस्त्र प्रहरी बल र स्थानीयवासीहरू साँझसम्म पनि उद्दारमा जुटिरहेका छन् । नेपाली सेनाको हेलिकोप्टरले समेत उद्धार कार्यमा प्रयोग गरिएको छ ।
सार्दीखोलामा रहेको तातोपानीमा नुहाउन गएका तीनजना रुसी पर्यटकसहित २१ जना बेपत्ता छन् ।
पोखराको ला–गान्धी इन्टरनेसनल कलेजबाट वनभोज गएका १६ जना विद्यार्थीमध्ये दुईजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
माछापुच्छ«े गाविसका चारजना पनि बेपत्ता छन् । ठूलो आवाजका साथ बाढी गड्गडाउँदै आएपछि नदी आसपासका बासिन्दा केहीले भागेर ज्यान बचाउन सफल भएका छन् । गर्मीको समयमा एक्कासी बाढी देखेर अचम्ममा परेका कतिपयलाई त बाढीले हेर्दाहेर्दै बगायो । बाढीले अर्बाै मूल्यको नोक्सानी गराएको छ ।
कास्कीको माछापुच्छ«े र सार्दीखोला गाविसको सीमानामा पर्ने खारापानीका बासिन्दा बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । khabar bhitra ko khabar

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला 

Click Here For Video

0 comments:

Post a Comment