Monday, May 7, 2012

मिस नेपाल २०१२-सृष्टि श्रेष्ठ

१६ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको १९ औं संस्करणका लागि उनी अब्बल ठहरिएकी हुन् । आइतबार साँझ होटेल अन्नपूर्णमा आयोजित ग्रान्ड फिनालेमा प्रमुख निर्णायक कुशकुमार जोशीले सोधेको ‘यस्तो कुरा केही भन, जुन कुराले तिमीलाई अरूले पछिसम्म सम्भिmरहनेछन्’ भन्ने प्रश्नमा उनले भनिन्, ‘म आत्मनिर्भर, संघर्षशील र सक्षम युवती हुँ र यही नै सम्झनायोग्य भइरहनेछ ।’ ताजसँगै चितवनकी २३ वषर्ीया सुन्दरीले ५० हजार रुपैयाँ र स्कुटी प्राप्त गरिन् । केही समयदेखि लन्डन बस्दै आएकी उनी प्रतियोगिताकै लागि नेपाल आएकी हुन् । उनले आउँदो ‘मिस वल्र्ड’ मा नेपालका तर्फबाट सहभागी हुने अवसर समेत पाएकी छन् । मिस कन्पिmडेन्टको अवार्ड समेत हात पारेकी उनलाई गत वर्षकी मिस नेपाल मलिना जोशीले ताज पहिर्‍याइदिएकी थिइन् । विजेतामा आपmनो नाम घोषणा हुनासाथ उनका आँखा भरिएका थिए ।
नगमा श्रेष्ठले ‘मिस नेपाल अर्थ’ र शुभेच्छा खड्काले ‘मिस नेपाल इन्टरनेसनल’ को ताज चुमे । पोजिसनको हिसाबले यी दुई क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप भएका हुन् । ताजसँगै नगमाले ३५ हजार र शुभेच्छाले २५ हजार रुपैयाँ पाए । नगमाले आउँदो मिस अर्थ र शुभेच्छाले मिस इन्टरनेसनलमा सहभागी हुन पाउनेछन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला Click Here For Video

0 comments:

Post a Comment