Tuesday, May 8, 2012

सेती नदीमा थप पाचको शव फेला,मृत्यु हुने २६ पुग्यो

कास्की जिल्लाको माछापुच्छे गाविसमा २३ गते आएको बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या २६ पुगेको छ ।
हिमपहिरोमा परि बेपत्ता भएकाहरुको खोजी कार्यका क्रममा आज चार जनाको शव फेला परेको परेपछि मृतकको सङख्या २६ पुगेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीमा परि ४१ जना हराइरहेका छन् भने वेपत्ताहरुको खोजी कार्य जारी रहेको छ ।
नेपाल आर्मी, जनपथ, शसस्त्र प्रहरीले वेपत्ताहरुको खोजीकार्य गरिरहेका छन् । बाढीले नोक्सान पु¥याएको क्षेत्रमा तालिम प्राप्त कुकुरहरु पनि परिचालन गरिएको छ । ठूलो धनजनको क्षति भएको घटनाप्रति विभिन्न सङ्घ संस्थाहरुले दुःख व्यक्त गर्ने क्रम जारी छ ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला 

Click Here For Video

0 comments:

Post a Comment