Wednesday, May 9, 2012

आयातित पेय पदार्थ गेटोरेट इनर्जीको नाममा ठगी

बिक्रेता तथा उद्योगीको लुटको धन्दा एकपछि अर्का गर्दै खुलासा हुन थालेका छन्। लुम्बिनी ग्यासको कालोधन्दा पर्दाफास भएको भोली पल्टै यस्तै अर्को व्यापारीको कतर्त सार्वजनिक भएको छ।  प्रहरीले काठमाडौको वागवजारमा संचालित इमेज डिजाइन छापा मारेपछि आयतित पेय पदार्थ गेटोरेट इनर्जीमा हुने गरेको ठगीको खुलासा भएको हो।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबिको विशेष सुराकीको आधारमा मिति सकिएको गेटोरेट इनर्जी ड्रिङसमा पुनः मिति थपि बजार पठाउने गरेको रहस्य खुल्न आएको हो। सुराकीको आधारमा प्रहरीले छापा मारेको हो, राजधानीको बागबजारमा संचालित इमेज डिजाईन ए48ड प्रिन्टस्मा। छापापछि भेटियो संयुक्त राज्य अमेरिकामा उत्पादित तथा आयातित ड्रिङ्समा डिजाईनका संचालक र बिक्रेताको मिलेमतोमा कम्पनीले उल्लेख गरेको प्रयोगयोग्य मिति मेट्दै नयाँ मिति राख्ने गरेको कालो धन्दा।
सोमबार नै प्रहरीले ड्रि्ङ्सका बिक्रेता मनिष अग्रवाल र डिजाईन प्रिन्टस्का संचालक शुरेस भनिने गरुडसिंह लामालाई पक्राउ गरि अनुसन्धानको दायरामा ल्याईसकेको छ, भने अनुगमन टोलीले ति पेय पदार्थ जफत गरि गोदाममै शिलबन्दी गरिदिएको छ।
आधा लिटरको बोतलमा रहेको ति पेय पदार्थ कहाँ, कुन मितिमा र कहिले आयात गरिएको हो भन्ने कत्तै उल्लेख छैन। बजारमा एक सय देखि एक सय दश रुपैंयामा बिक्री हुँदै आएका ति पेय पदार्थका उन्नाईस कार्टुन अर्थात् पाँच सय पैंतालिस बोतल पेय पदार्थ प्रहरी र वाणिज्य विभागसहितको अनुगमन टोलीले बरामद गर्यो। त्यस्तै बिक्रेताद्धारा पेय लगायत अन्य सामाग्री गोदाम गरिंदै आएको काठमाडौं ताहाचलस्थित जी एस् एम् ट्रेडलिङ्क भवनमा पनि अनुगमन टोलीले शिलबन्दी गरि थप अनुसन्धानका लागि तीन दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन संचालकलाई निर्देशन दिएको छ।
गोदाममा पनि प्रयोगयोग्य मिति सकिएका त्यस्तै खाद्य तथा पेय पदार्थ भेटिएको थियो। तर ट्रेडलिङकका संचालकमध्येका एक घनश्याम अग्रवाल भने आफुहरुले ती पेय पदार्थ बागबजार मिति थप्न नपुर्याएको दाबी गर्दै उम्किने प्रयास गर्दै थिए। मिति सकिए पनि ति पेय पदार्थ प्रयोग गर्न मिल्ने भन्दै उनले आफ्नो बचाउ समेत गर्दै थिए। पेय उत्पादन गर्ने कारखानाले राखेको मिति मेटेर नयाँ मिति राख्नेलाई वाणिज्य विभागले थप अनुसन्धानपछि उपभोक्ता वा कालाबजारीमध्ये कुनै एक ऐनमार्फत कारबाही गर्ने दावी गरेको छ। पैसाको लोभमा उपभोक्ताको जीउ ज्यानमाथी खेलबाड गर्ने यस्ता बिक्रेतालाई कडाभन्दा कडा कारबाही गर्न सरकार पछि हट्न नहुने उपभोक्ताहरुको माग रहँदै आएको छन। तर यसभन्दा अघि विभिन्न वाहानामा यस्ता अवैधानिक काम गर्ने व्यापारी हुन् या उधोगी सहजै उम्किदै आएका छन। तर यस पटक भने व्यापारको नाममा विष विक्री गर्नेहरुलाई सरकारले छाड्न नहुने सर्वसारधणको आग्रह छ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला 

Click Here For Video

0 comments:

Post a Comment