Saturday, May 19, 2012

मेहताको रात्रिभोजले तताएको नेपाली राजनीति


वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहताले बुधबार राति बारा र पर्साका केही स्थानीय नेताहरुसंग अनौपचारिक रात्रिभोज गरेर मधेसका लागि लड्न आग्रह गरेका थिए । उनले स्थानीय राजनीतिक नेतृत्वलाई आन्दोलनका लागि उक्साएको समाचार आज सार्वजनिक भएपछि तीन दलले त्यसप्रति कडा शब्दमा आपत्ति जनाएको छ ।

बीरगञ्जस्थित महाबाँणिज्यदूतावासका काउन्सिलर मेहताले एक मधेश एक प्रदेश बनाउन आन्दोलन गर्न उक्साएको प्रति विरोध जनाउदै एकीकृत नेकपा माओवादी, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेका हुन् ।
त्यसरी उक्साउने काउन्सिलरलाई तत्काल फिर्ता बोलाउन भारत सरकार समक्ष माग गरिएको एमाले अध्यक्ष झलनाथ खनालले बताउनु भयो ।
भारतीय दूतको गतिविधिबारे छलफल गर्न विहान प्रधानमन्त्री निवास बालुवाटारमा चार राजनीतिक शक्तिको बैठक बसेको थियो ।
बैठकपछि माओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्ति जनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताउनुभयो ।
मेहताले बुधबार राति बारा र पर्साका केही स्थानिय नेताहरुसंग अनौपचारिक रात्रि भोज गरेर ’मधेसका लागि लड्न’ आग्रह गरेका थिए । उनले राज्यपुर्नःसंरचनाका नाममा मधेशलाई टुक्राउने कुराले आप्नो कलेजो टुक्राउन लागेको जस्तै अनुभुति भएको बताएका थिए । यस सम्बन्धी समाचार आज सार्वनिक भएपछि प्रमुख दलहरुले कडा शब्दमा आपत्ति जनाएकाहुन् ।
यसैबीच काठमाडौं स्थित भारतीय दूतावासका प्रवतmा अपूर्वा श्रिवास्तवले एक प्रेस विज्ञप्ती माफर्त उक्त समाचारको खण्डन गरेकी छन् । उनले समाचार गलत र तथ्यहीन भएको दावी गर्दैे यस्तो समाचारले दुई देशको मैत्री पूर्ण सम्बन्धलाई कमजोर बनाउने उल्लेख गरेकी छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment