Wednesday, May 9, 2012

सुकुम्बासी बस्ती हटाएपछिको विजोग

नदी किनारमा रहेका सुकुम्बासीलाई व्यवस्थित गरी राजधानीलाई सफा गराउने महानगरपालिकाको योजनाअनुरूप उनीहरू बसेका घरटहरा भत्काइएको हो ।
सरकारले बागमती नदीको किनार अतिक्रमण गरी बसेका सुकुम्बासीको घर टहरा हिजो प्रहरी र डोजर लगाएर हटाएपछि सयौं सुकुम्बासीले खुला आकाशमुनी रात काटेका छन् । बास बस्ने स्थान नपाएपछि कयौं बालबालिका र सूत्केरी महिलाको स्वास्थ्य अवस्था बिग्रिएको छ । कयौं बालबालिका विद्यालय जानबाट बंचित भएका छन् । केही सुकुम्बासी आफन्तको डेरामा शरण माग्न गएपनि अधिकांश भने भत्काईएकै भग्नाबशेषहरुमा रात काटेका छन् ।
खाली गरिएको थापाथलीको बागमती किनारमा बुधवार तारबार र पर्खाल लगाउने काम हुँदैछ । भत्काइएको संरचना पन्छाएर बृक्षारोपण गरिने बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष महेश बस्नेतले जानकारी दिनुभयो । power News

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला  Click Here For Video

0 comments:

Post a Comment